अत्तरियामा लोटस आई अंग्रेजी माध्यमिक विद्यालयको २७औँ वार्षिकोत्सव समारोह सुरु

अत्तरिया : लोटस आई अंग्रेजी माध्यमिक विद्यालयको २७औँ वार्षिकोत्सव समारोह मंगलबारदेखि औपचारिक रूपमा सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रमको उद्घाटन चर्चित मोटिभेटर क्षेत्र प्रसाद ज्ञवालीले गरेका हुन्।

पहिलो दिन कक्षा पिजीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूको सहभागितामा विविध सांस्कृतिक तथा रचनात्मक कार्यक्रम प्रस्तुत गरिएका थिए। विद्यार्थीहरूले नृत्य, गीत, कविता तथा अन्य प्रतिभामूलक प्रस्तुति मार्फत आफ्नो क्षमता प्रदर्शन गरेका थिए। साथै विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।

विद्यालयका मेनेजिङ डाइरेक्टर धुर्व कडायतका अनुसार वार्षिकोत्सव विद्यार्थीहरूको उत्सव भएकाले सबैलाई समान अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम दुई दिनसम्म आयोजना गरिएको हो। उनले विगत केही वर्षदेखि विद्यालयले नियमित रूपमा दुई दिने वार्षिकोत्सव मनाउँदै आएको जानकारी दिए।

दोस्रो दिन कक्षा ५ माथिका विद्यार्थीहरूको सहभागितामा वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाइने कार्यक्रम रहेको छ। कार्यक्रममा विद्यालयले आफैं तयार पारेको ‘लोटस सरस्वती वन्दना’ र स्वागत गीत समेत प्रस्तुत गरिएको थियो।

Deep Jyoti Pustak psl
Loading...