रास्वपाको वाचापत्र सार्वजनिक

काठमाण्डौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा चुनावको वाचापत्र सार्वजनिक गरेको छ ।

घोषणापत्रलाई वाचापत्र नाम दिएको रास्वपाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विशेष कार्यक्रमका बीच सार्वजनिक गरेको हो । सय बुँदे बाचापत्रमा सुशासन, पारदर्शिता, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकास प्राथमिकतामा छन् ।

रास्वपाले भ्रष्टाचार नियन्त्रण, सरकारी सेवामा डिजिटल प्रणालीको विस्तार, युवालाई उद्यमशीलतामा प्रोत्साहन, स्थानीय उत्पादनको बजारीकरण र कर्णालीमा विशेष पूर्वाधार कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

रास्वपाले एक पटकको नेपाली, सधैंको नेपाली भन्ने भावनात्मक सम्बन्धलाई कदर गर्दै केही विशिष्ट अपवादबाहेक सिद्धान्ततः दोहोरो नागरिकताको पक्षमा उभिँदै गैरआवासीय नेपालीको सम्पत्तिको अधिकारमा रहेका प्रशासनिक झन्झटहरूलाई तत्काल अन्त्य गर्ने उल्लेख गरेको छ ।

रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाहलगायत नेताहरूले वाचापत्र सार्वजनिक गरेका हुन् ।

Deep Jyoti Pustak psl
Loading...