कर्ण मल्लसहितलाई पार्टीमा फर्किन डडेल्धुरा कांग्रेसको आग्रह

डडेल्धुरा : नेपाली कांग्रेस बीपीका नेता कर्ण मल्लसहितलाई नेपाली कांग्रेसमै फर्किन आह्वान गरिएको छ ।

तत्कालीन डडेल्धुरा कांग्रेसका सभापतिसमेत रहेका उनलाई कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदले विज्ञप्ति जारी गर्दै मल्ल, उपसभापति करुणाकर भट्ट, नेता हरिप्रसाद भट्ट र भरत नेपाली लगायत सबै नेता तथा क्रियाशील सदस्यलाई नेपाली कांग्रेसमा फर्किएर सक्रिय योगदान दिन आग्रह गरिएको हो ।

यही फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन सम्पन्न हुन लाग्दा नेपाली कांग्रेस डडेल्धुराले सबै मतदातालाई सक्रिय रूपमा मतदानमा भाग लिन र पार्टीलाई समर्थन गर्न आह्वान पनि गरेको छ ।

जिल्ला सभापति साउदले प्रतिनिधिसभा सदस्यका उम्मेदवार नैनसिंह महर र नेपाली कांग्रेसलाई विजयी गराउन ती सबै नेतालाई सक्रिय भूमिका खेल्न आग्रह पनि गरेका छन् ।

Deep Jyoti Pustak psl
Loading...