गोदावरी-८ मा रहेको समैजी माविको २ कोठे भवन शिलान्यास

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-८ मजगाउँमा रहेको समैजी माविको २ कोठे पक्की भवन निर्माणको काम सुरु भएको छ । बिहिबारदेखी विद्यालयमा नयाँ निर्माण हुने २ कोठे पक्की भवनको काम सुरु भएको हो ।

भवनको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले शिलान्यास गरेका छन । विद्यालयको नयाँ भवनको निर्माण कार्य सुरु भएपछि विद्यालयकी प्रधानाध्यापक बिन्दु बलायरले खुसी व्यक्त गरिन । उनले नगरप्रमुख भट्टको पहलमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले बजेट विनियोजन गरेको बताईन ।

उनका अनुसार विद्यायमा २ कोठे भवन निर्माणका लागि सामाजिक विकास मन्त्रालयले २५ लाख रुपैया विनियोजन गरेको छ । उनले भवनको निर्माण भएपछि विद्यालयमा पढ्ने विद्यार्थीहरुका लागि सहज हुने आशा राखेको बताईन । उनले आगामी दिनमा पनि तीनै तहका सरकारबाट विद्यालयका विभिन्न पक्षहरुमा सहयोग र सहकार्य रहने विस्वास लिएको बताईन । सो भवन निर्माणका लागि प्रदेश सरकारले २५ लाख रुपैया सहयोग गरेको उनको भनाई छ ।

भवनको शिलान्यास पश्चात बोल्दै नगरप्रमुख विरेन्द्र भट्टले विद्यालयमा विद्यार्थीहरुको चापलाई मध्यनजर गर्दै २ कोठे भवन निर्माण गर्न थालिएको बताए । उनले विद्यालयको अवस्थाका बारेमा सामाजिक विकास मन्त्रीसँगको अनुरोधमा बजेट विनियोजन भएको बताए । त्यसबाहेक समैजी माविमा पानी ट्यांकी र धारा जडान गरिएको उनले बताए ।

नविल बैंकसँगको सहकार्यमा विद्यार्थीहरुको सहजताका लागि विद्यालयमा खानेपानीको धारा र ट्यांकी जडान गरिएको उनको भनाई छ । उनले नगरमा रहेका सामुदायिक विद्यालयहरुमध्ये १५ वटा विद्यालयमा वास्तवमै महिला प्रधानाध्यापकहरुले राम्रो काम गरिरहेको बताएका छन् ।

 नगरप्रमुख भट्टले सबैलाई राम्रो गर्न अनुरोध गर्ने तर जसले राम्रो गर्छ त्यसलाई प्रोत्साहन गर्ने काम नगरपालिकाले गर्ने बताए । प्रदेश सरकारले नै टेण्डर आह्वान गरेको सो भवनको निर्माण कार्य करिब २ महिना भित्रै सम्पन्न हुने बताईएको छ ।

Loading...