दार्चुलामा पासोमा फसेको चितुवाको सकुशल उद्धार

दार्चुला : दार्चुलामा पासोमा फसेको चितुवाको सकुशल उद्धार गरिएको छ । आइतबार राति ९ बजेतिर मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ बसेडीमा स्थानीयहरुले थापेको पासोमा चितुवा फसेको थियो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लफाँटाबाट आएको प्राविधिक टोलीको सहयोगमा सोमबार राति साढे आठ बजेतिर चितुवाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए ।

कञ्चनपुरबाट आएको प्राविधिकहरुको टोलीले पासोमा फसेको चितुवालाई पासोबाट निकालेर होल्डिङ सेन्टर लगेको डिभिजन वन कार्यालय दार्चुलाका प्रमुख परमानन्द कुँवरले बताए । बाली जोगाउन स्थानीयहरुले जंगली बँदेलका लागि थापेको ‘ग्याविन तार’को पासोमा चितुवा फसेको कुँवरले बताए ।

Loading...