सुनको भाउ तोलामा ११ हजारले घट्यो

काठमाण्डौ : आज सुनको भाउ तोलामा ११ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ घटेर तोलामा ३ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सुनको भाउ तोलाको ३ लाख २८ हजार ६ सय रुपैयाँ थियो । त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।

आज चाँदी प्रतितोला ५ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ८ सय १५ रुपैयाँ रहेको थियो ।

Loading...