मतदान केन्द्रमा मोबाइल, क्यामेरा लैजान निषेध

कञ्चनपुर : बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मतदान केन्द्रमा मोबाइल, क्यामेरा लगायत निषेधित सामग्री साथमा नलान मतदातालाई आग्रह गरेको छ। कार्यालयले बुधबार जारी गरेको सूचनामा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रभित्र यस्ता सामग्री लैजान नपाइने स्पष्ट गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिले सलाई, लाइटर, प्रज्वलनशील ठोस वा तरल पदार्थ, फोटो खिच्ने क्यामेरा, मोबाइल फोन वा अन्य निषेधित वस्तु साथमा ल्याउन पाउने छैनन्। सूचनाविपरीत कसैले मोबाइल लगायतका निषेधित सामग्री साथमा लिएर मतदान कक्षमा प्रवेश गरेमा ती वस्तु तत्काल जफत गरी कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

Deep Jyoti Pustak psl
Loading...