डोटी : डोटीबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका भरत खड्का निर्वाचित भएका छन् । उनले १४ हजार ८९७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार तथा अखिलका अध्यक्ष दीपक धामीले १४ हजार ११० मत प्राप्त गरेका छन् । खड्काले धामीलाई ७ सय ८७ मतान्तरले पराजित गरेका हुन् ।
पहिलो पटक संसदीय निर्वाचनमा होमिएका अखिल अध्यक्ष धामी झिनो मतान्तरले पराजित भएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र खड्काले १३ हजार २६० मत प्राप्त गरेका छन् भने नेकपाका त्रिलोचन भट्टले ५ हजार ४१३ मत पाएका छन्, चौथो स्थानमा रहेका भट्ट सुदूरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री हुन् ।
डोटीमा कांग्रेस, एमाले र रास्वपाका तीनै उम्मेदवारबिच कडा टक्कर देखिएको थियो । विजयी भएका भरत खड्का यसअघि संविधानसभा सदस्य तथा प्रदेशसभा सदस्य समेत भइसकेका अनुभवी नेता हुन् । जितको घोषण हुन भने बाकी छ ।