अत्तरिया : प्रतिनिधि सभा निर्वाचन कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल विजयी भएका छन् ।
उनी १९ हजार ५७ मत सहित विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टी नेपालका पति राम चौधरीले ११ हजार ९४९ मत ल्याएका छन् ।
यस्तै नेकपा एमालेका सूर्य बहादुर थापाले ७ हजार ८८६, नेपाली कांग्रेसका विजय बहादुर स्वाँरले ७ हजार २१३ र नेपाल कम्युनिस्ट पार्टीका नन्द बहादुर साउदले ४ हजार ३६९ मत ल्याएका छन् ।