कञ्‍चनपुरमा जिप र मोटरसाइकलले ठक्कर दिदाँ दुई पैदलयात्रीको मृत्यु

कञ्चनपुर : कञ्‍चनपुरमा जिप र मोटरसाइकलले ठक्कर दिदाँ दुई पैदलयात्रीको मृत्यु भएको छ । पुनर्वास नगरपालिका–३ मा आइतबार साँझ म १ च ४१५ नम्बरको जिपको ठक्करबाट सोही ठाउँका ६३ वर्षीय मानबहादुर तामाङको मृत्यु भएको हो ।

हुलाकी सडक खण्डको कान्छी बजार नजिकै तामाङलाई जिपले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । घटनापछि जिप र चालक प्रहरीको नियन्त्रणमा छन् ।

यस्तै आइतबार राति ८ बजेतिर कञ्चनपुरकै दोधारा चाँदनी नगरपालिका-४ को सडकखण्डमा यूए ०४ सी १३०६ नम्बरको इन्डियन मोटरसाइलले ठक्कर दिँदा सोही ठाउँका ५५ वर्षीय झुसे बोहराको मृत्यु भएको छ ।

मोटरसाइलको ठक्करबाट गम्भीर घाइते बनेका बोहराको उपचारको क्रममा राति मृत्यु भएको डिएसपी डाँगीले जानकारी दिए । उनका अनुसार घटनापछि मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Deep Jyoti Pustak psl
Loading...