अत्तरिया : कञ्चनपुरको बेदकोट नगरपालिका– ७ सुडाका निराजन पाण्डेय काठमाण्डौबाट बेपत्ता भएका छन ।
काठमाण्डौमा बस्दै आएका पाण्डेय फागुन ३० गतेदेखी बेपत्ता भएका हुन । ३० गते शनिबारका दिन कलेज जान्छु भनी कोठाबाट निस्केका पाण्डेय फर्किएर नआएको उनका आफन्तले बताएका छन ।
करिब २२ वर्षिय निराजनलाई कसैले भेटे ९८६८८७४८८०, ९८६५६५५८७१ र ९८६५६३०२८९ नम्बरमा सम्पर्क गरिदिन परिवारजनले अनुरोध गरेका छन ।