डडेल्धुरा क्याम्पसका विद्यार्थीद्वारा न्यायको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र

डडेल्धुरा : स्वतन्त्र विद्यार्थी युनियन डडेल्धुरा बहुमुखी क्याम्पसको नेतृत्वमा विद्यार्थीहरूले सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि भएको हत्याको न्याय माग्दै जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा ज्ञापनपत्र बुझाएका छन् ।

क्याम्पसका विद्यार्थीहरूको उपस्थितिमा प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै घटनाको सत्य-तथ्य छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरिएको हो ।

विद्यार्थीहरूले सामूहिक बलात्कारपछि निर्मम हत्या गरिएको घटनाले देशभरका छोरी-दिदीबहिनीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको भन्दै दोषीलाई कडा कानुनी सजाय हुनुपर्ने बताएका छन् ।

उनीहरूले इनिशा विकमात्र होइन, निर्मला पन्त र भागरथी भट्टजस्ता घटनामा पनि न्याय सुनिश्चित हुनुपर्ने भन्दै यस्ता अपराध रोक्न राज्य गम्भीर हुनुपर्ने माग गरेका छन् । वकलाई न्याय दिलाउन विद्यार्थी आन्दोलन जारी रहने र आवश्यक परे थप कार्यक्रम गर्ने चेतावनीसमेत विद्यार्थीहरूले दिएका छन् ।

Loading...