काठमाडौं : दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
सोमबार बिहान पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस लमही नगरपालिका–४ बगइसोतामा दुर्घटना हुँदा १४ जना घाइते भएका हुन्।
वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठका अनुसार बिहान करिब ५ बजे अनियन्त्रित भई बस दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएकाहरूको उपचार लमही अस्पतालमा भइरहेको श्रेष्ठले जानकारी दिए ।
धेरै चोटपटक लागेकाहरूलाइ थप उपचारका लागि अन्य जिल्लामा पठाएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।