कञ्चनपुरमा छोराले गरे कान्छी आमाको हत्या

कञ्चनपुर : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा छोराले कान्छी आमाको हतियार प्रहार गरी हत्या गरेका छन्।

मंगलवार साँझ ८ः४५ बजे दोधारा चाँदनी नगरपालिका–४ माननीय चोक बस्ने ५५ वर्षीय हरि प्रसाद श्रेष्ठले आफ्नै कान्छी आमा ७५ वर्षकी बिन्द्रा श्रेष्ठलाई धारिलो हतियार प्रहार गरेपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उनकै बहिनी ५० वर्षकी भगवती देवी माझी (विवाहित माइती घरमा बस्दै आएकी)को दाहिने हात र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते भगवतीको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको भइरहेको छ।

हरि प्रसाद भने भागेर फरार रहेकोले खोज तलास भइरहेको कञ्चनपुर प्रहरीले बताएको छ। हरि प्रसाद श्रेष्ठ, कान्छी (सौतेनी)आमा बिन्द्रा श्रेष्ठ र बहिनी भगवती देवी माझी बिच पुरानो जग्गा जमिन सम्बन्धि बाद–विवाद रहेको भन्ने बुझिन आएको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...