अत्तरिया : कैलालीको अत्तरियास्थित बसपार्कमा बसभित्र प्रवेश गरि चोरी गर्ने क्रममा दुई युवकलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।
आज (शुक्रबार) बिहान बसभित्र पसेर चोरी गरिरहेको अवस्थामा बझाङ घर बताउने करन धामी र सुवाश बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीकाअनुसार दुवै जनालाई स्थानीयले नियन्त्रणमा लिएपछि पक्राउ गरिएको हो ।
दुबै जनालाई स्थानीयले नियन्त्रणमा लिएर रुखमा बाधेका थिए । स्थानिय व्यापारीका अनुसार उनिहरुले सहयोगका लागि भन्दै बजारमा रकम समेत उठाउने गरेका थिए ।
उनीहरु मध्ये धामी भने पटक पटक चोरी मुद्दामा पक्राउ पर्दै आएका युवक हुन् । उनी तीन दिनअघि मात्रै छुुटेका थिए । दुवै जनालाई इप्रकामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
