कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुर : कञ्चनपुरबाट १० लाखका भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको बिभिन्न स्थान भीमदत्त नगरपालिका–६ ऐठपुर बैज्यनाथ टोल र बेलौरी नगरपालिका–१ बैशाखाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १० लाख ८५ हजार १५० बराबरको सामान बरामद गरेको हो।

उक्त मुल्य बराबरको २ ट्राली केरासहित, चुना, मोवाईल ग्लास लगायतका सामान विहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो।

Deep Jyoti Pustak psl
Loading...