कैलालीमा ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु

अत्तरिया : कैलालीमा ट्याक्टरको ठक्करबाट एक महिलाको ज्यान गएको छ।

शुक्रबार बिहान बर्दगोरिया गाउँपालिका–४ अन्तर्गत नौनिया भित्री सडकखण्डमा से २ त ११८५ नम्बरको ट्याक्टरले ठक्कर दिँदा ४२ वर्षीया दीपा न्यौपाने गम्भीर घाइते हुनुभएको थियो।

घाइते न्यौपानेको उपचारका क्रममा दोदोधरा अस्पताल मा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न ट्याक्टर र चालक २६ वर्षीय लक्ष्मण घर्तिमगरलाई इलाका प्रहरी कार्यालय सडकपुर ले नियन्त्रणमा लिएको छ।

Deep Jyoti Pustak psl
Loading...