कञ्चनपुरमा कारको ठक्करबाट एक जनाको मृत्यु

कञ्चनपुर : कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–५, बनगाउँमा शनिबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको यूके ०६ बीएन २८२९ नम्बरको भारतीय कारले ठक्कर दिँदा स्थानीय ६५ वर्षीय साइकलयात्री मोहन शाही गम्भीर घाइते भएका थिए। घाइते शाहीलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर लगिएको थियो।

तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न कार र चालक भारतको रुद्रपुर निवासी ४० वर्षीय राजेश कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...