धनगढी : डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाको व्हाट्सएपबाट रकम माग गरिएको छ।
गाउँपालिका महासङ्घ, सुदूरपश्चिमका पूर्व अध्यक्षसमेत रहेका ओझाको व्हाट्सएप शनिवार साँझदेखि ह्याक भएको हो। उनले प्रयोग गर्दै आएको ९८४८४७८९८८ नम्बरको व्हाट्सएपबाट सहयोग रकम माग गरिएको छ।
विभिन्न व्याक्तिहरुको बैँकको क्यूआर पठाउदै ह्याकरले रकम सहयोग गर्न भनेको हो। ओझाले गाउँपालिका महासंघको बैठकका लागि भन्दै पठाएको लिङ्कका कारण आफू ह्याकरको सिकार भएको उनले बताएका छन्।
उनले भने, ‘गाउँपालिका राष्ट्रिय महासङ्घको जुम मिटिङ्ग भनियो। मलाई ओटीपी मागियो। गाउँपालिकाको अहिले केन्द्रीय सदस्य हो।
ओटीपी दिएपछि मेरो ह्वाटसेव ह्याक भएको छ। विभिन्न व्याक्तिीहरूबाट ५०/५० हजार मागिदैछ। कसैले पनि नपठाउनु होला, ह्याक भएको हो।’