बैतडीको झुलाघाट स्थित एक होटेलमा पुरुषको शव फेला

बैतडी : बैतडीको एक होटलमा पुरुषको शव फेला परेको छ। बझाङको छबिस पाथिभेरा गाउँपालिका-७ बुडखोरिका अन्दाजी ३३ वर्षीय हिक्मत धामीको शव फेला परेको हो ।

गए राति साढे २ बजेको समयमा बैतडी जील्लाको झुलाघाट स्थित रहेको बोहरा होटेलको माथिल्लो तलाको कोठामा धामी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।

Deep Jyoti Pustak psl
Loading...