चौकिडाँडामा स्कारपियो दुर्घटना, चालक घाइते

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-३ चौकिडाँडा स्थित अत्तरिया-महेन्द्रनगर सडकखण्डमा गएराति स्कारपियो दुर्घटना भएको छ ।

महेन्द्रनगरबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र ०१ ००१ च ४०२३ नम्बरको स्कारपियो गएराति करिब १ बजे आफैं अनियन्त्रित भई सडकको उत्तरपट्टि नालीमा पल्टिँदा दुर्घटना भएको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी नायव उपरीक्षक (डिएसपी) टेक जोराका अनुसार दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका-३ बिशालनगर निवासी २३ वर्षीय गणेश बहादुर बोहरा घाइते भएका छन् । उनको दाहिने हातमा चोट लागेको छ भने गाडीमा पनि क्षति पुगेको छ ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट चौकिडाँडाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार आफन्तलाई पु¥याएर फर्किने क्रममा दुर्घटना भएको हो । गाडीमा चालक मात्रै सवार थिए ।

Loading...