दुर्गालक्ष्मी महिला सामुदायिक वनको १६औं साधारण सभा सम्पन्न

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-२ अत्तरियामा रहेको दुर्गालक्ष्मी सामुदायिक वनको १६औं साधारणसभा सम्पन्न भएको छ ।शनिबार वनकी अध्यक्ष शिवा कडायतको अध्यक्षतामा आयोजित औपचारीक कार्यक्रमका प्रमुख अतिथि सामुदायिक वनका संस्थापक अध्यक्ष डिल्लीराज खत्री रहेका थिए ।

साधारण सभामा सामुदायिक बनको आर्थिक वर्ष २०८१/०८२ को प्राप्ती र भुक्तानीको विवरण प्रस्तुत गरिएको थियो । सो विवरण अनुसार दुर्गालक्ष्मी सामुदायिक बनले १० लाख ५५ हजार २७५ रुपैया प्राप्ती गरेको देखिएको छ । जसमा दाउरा बिक्रि, सदस्यता नविकरण, नयाँ सदस्यता शुल्क, माछा पालनबाट, चिरान काठ बिक्रि बाट लगायत रहेका छन ।

त्यस्तै भुक्तानीमा सामुदायिक बनले ५ लाख ७१ हजार ६५ रुपैया राखेको छ । भुक्तानी दिएर ४ लाख ८४ हजार २१० रुपैया बाँकी रहेको सामुदायिक बनले विवरणमा उल्लेख गरेको छ । त्यसबाहेक विभिन्न व्यक्ति तथा संस्थाबाट पाउनुपर्ने रकम १ लाख ४१ हजार २६७ रुपैया रहेको उल्लेख गरिएको छ भने भुक्तानी दिनुपर्ने रकम ४ लाख २१ हजार ५०० रहेको उल्लेख गरिएको छ ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानिय बुद्धिजिविका साथै सामुदायिक बनका सदस्यहरुको सहभागिता रहेको थियो । उक्त सामुदायिक बनले यसअघि साधारण सभाको आयोजना गरेपनि गणपुरक संख्या नपुग्दा दोस्रो दिन कार्यक्रम आयोजना गरेको हो । वनकी उपाध्यक्ष मिना भण्डारीको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन वनकी सचिव संगिता विश्वकर्माले गरेकी थिईन् ।

२०६४ सालमा स्थापना भएको १७४.७ हेक्टर क्षेत्रफल रहेको वनमा करिब ६०० जना उपभोक्ताहरू रहेका छन् ।

Loading...