कांग्रेसको ‘जरा अभियान’ शुरू

काठमाण्डाै : नेपाली कांग्रेसको एक महिने ‘जरा अभियान’ शुरू भएको छ । क्रियाशील सदस्यता अद्यावधिक गर्नका लागि सभापति गगनकुमार थापाले आज अभियान शुरुआत गर्नुभएको हो ।

सभापति थापाले काठमाण्डौ महानगरपालिका वडा–३० मा आज क्रियाशील सदस्यता अद्यावधिक गरी अभियानको शुभारम्भ गर्नुभयो । पार्टीको एक महिने ‘जरा अभियान’ शुरुआत गर्दै उहाँले आफू पार्टी जिम्मेवारीमा भएकाले लचिलो रूपमा प्रस्तुत भइरहेको बताउनुभयो ।

यो अभियान वैशाख महिनाभर चल्ने र अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको नेपाली कांग्रेसले जनाएको छ ।

Loading...