गोदावरी आर्यघाटमा अत्तरिया जेसिजद्वारा सरसफाइ

अत्तरिया : अत्तरिया जेसिजले गोदावरी आर्यघाटमा सरसफाइ अभियान सञ्चालन गरेको छ । बिहीवार सरसफाइ अभियान सञ्चालन गरिएको हो ।

वातावरण संरक्षण र स्वच्छता प्रवर्द्धनसँगै युवामा नेतृत्व क्षमता विकास र व्यक्तित्व निखार्ने लक्ष्यका साथ आर्यघाट क्षेत्रमा सरसफाइ गरिएको हो । अभियानमा अत्तरिया जेसिजका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।

आयोजकका अनुसार सरसफाइ अभियानमार्फत आर्यघाट क्षेत्रमा फोहोर व्यवस्थापन गर्दै ‘स्वच्छ वातावरण, स्वस्थ जीवन’ भन्ने सन्देश प्रवाह गरिएको छ ।

अत्तरिया जेसिजका अध्यक्ष बम बहादुर बोगटीले जेसिजले युवामा नेतृत्व क्षमता अभिवृद्धि, व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्वप्रति सचेतना जगाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

उनले भने, ‘जेसिज युवाहरूलाई केवल कार्यक्रममै सीमित नराखी समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणा दिने सशक्त माध्यम हो । यस्ता गतिविधिहरूले युवालाई जिम्मेवार, सक्षम र समाजप्रति उत्तरदायी बनाउँछ ।’

उनका अनुसार आगामी दिनमा पनि वातावरण संरक्षण, स्वास्थ्य सचेतना र सामाजिक रूपान्तरणसँग सम्बन्धित कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ ।

Loading...