गोदावरीमा एक सामुदायिक विद्यालयको एसईई नतिजा निल

अत्तरिया : कैलालीको गोदावरीमा रहेको एक सामुदायिक विद्यालयको एसईई नतिजा निल आएको छ । गोदावरी नगरपालिकाको बल्मीमा रहेको राष्ट्रिय माविको नतिजा निल आएको हो ।

उक्त विद्यालयबाट २०८२ को एसईई परीक्षामा ८ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षामा सहभागी भएका ८ जनानै नन ग्रेडेड (अनुत्तीर्ण) भएको गोदावरी नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

यस विद्यालयबाट शैक्षिक सत्र २०८१ मा पनि ८.११ प्रतिशत अर्थात् ३७ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा ३ जना मात्रै उत्तीर्ण भएका थिए ।

उता गोदावरी नगरपालिकाको शिक्षा शाखाले एसईईको नतिजा सार्वजनिक भएको हप्ता दिनभन्दा बढी समय बितिसक्दा पनि अहिले सम्म गोदावरीका सबै बिद्यालयको नतिजा सार्बजनिक गर्न सकेको छैन् ।

Loading...