धनगढी : कैलालीको धनगढीमा लागुऔषधसहित दुई युवकलाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका–५ जाई बस्ने एक जना र डोटीका एक गरेर दुई जनालाई २ ग्राम ६ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा जाँइका ३० वर्षीय लालबिर चौधरी र डोटीको दिपायल सिलगढी नगरपालिका-४ का २४ वर्षीय प्रदिप धोवी रहेको प्रहरीले जनाएको छ ।
चौधरीलाई धनगढी उपमहानगरपालिका–३ ब्यारेलबाट १ ग्रामसहित र धोवीलाई धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट १ ग्राम ६ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
