जोगबुढा : डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका–३, सिमल्टा निवासी पदमबहादुर बोहरा हाल गम्भीर रोगसँग सङ्घर्ष गरिरहनुभएको छ। उहाँको उपचार बीपी क्यान्सर अस्पताल, भरतपुर, चितवन मा भइरहेको परिवारले जनाएको छ।
चिकित्सकको सल्लाहअनुसार उपचारलाई निरन्तरता दिनुपर्ने भए पनि आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च व्यवस्थापन गर्न परिवारलाई निकै कठिनाइ भइरहेको छ। लामो समयदेखि उपचाररत बोहराको स्वास्थ्य लाभका लागि ठूलो रकम आवश्यक पर्ने देखिएको परिवारले जनाएको छ।
जीवन र स्वास्थ्यको कठिन संघर्षमा रहेका बोहराको उपचारमा आर्थिक अभाव बाधक बन्दै गएपछि परिवार, आफन्त तथा स्थानीयवासीहरूले सहयोगका लागि सबैमा हार्दिक अपिल गरेका छन्। समयमै उपचार हुन सकेमा स्वास्थ्यमा सुधार आउने विश्वास चिकित्सकहरूले व्यक्त गरेका छन्।
मानवताका नाताले नेपाल तथा भारतमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, समाजसेवी, व्यवसायी, शुभेच्छुक तथा सहयोगी मन भएका सबै महानुभावहरूलाई सकेको आर्थिक, नैतिक तथा सामाजिक सहयोग प्रदान गरिदिन परिवारले अनुरोध गरेको छ। सानो सहयोगले पनि उपचारमा ठूलो राहत पुग्ने र एक परिवारमा आशा तथा भरोसा जगाउने विश्वास गरिएको छ।
सम्बन्धित सहयोगी दाताहरूले समाचारको अन्त्यमा राखिएको क्यूआर कोड मार्फत पनि सहयोग गर्न सक्नुहुनेछ। सहयोगको प्रत्येक हातले गम्भीर रोगसँग जुधिरहेका पदमबहादुर बोहराको उपचारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास परिवारले व्यक्त गरेको छ।
नेपालमा रहेका सहयोगी दाताहरुको लागी क्यु आर
भारतबाट सहयोग गर्ने सहयोगी दाताहरुको लागी क्यु आर