भारतको फरिदाबादबाट डडेल्धुराका भोज बोहरा सम्पर्कविहीन, खोजीमा सहयोग गर्न आग्रह

डडेल्धुरा : डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका–१२, जोगबुढा निवासी भोज बोहरा भारतको फरिदाबाद (दिल्ली एनसीआर) क्षेत्रबाट सम्पर्कबिहीन हुनुभएको छ। असार २२ गते / जुलाई ६, २०२६ सोमबारदेखि उहाँ सम्पर्कविहीन हुनुभएको हो।

स्रोतका अनुसार हराएको समयदेखि उहाँसँग कुनै पनि प्रकारको सम्पर्क हुन सकेको छैन। परिवार तथा आफन्तले सम्भावित सबै स्थानमा खोजी गरिरहे पनि हालसम्म उहाँको अवस्था र स्थानबारे कुनै जानकारी प्राप्त हुन नसकेको बताइएको छ। सार्वजनिक गरिएको फोटोमा देखिएजस्तै उहाँको पहिचान भए पनि हाल उहाँले दाह्री पूर्ण रूपमा काट्नुका साथै कपाल पनि छोटो बनाएको बताइएको छ।

उहाँलाई कतै देख्नुभएको वा उहाँको बारेमा कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा तल राखिएका नम्बरहरुमा सम्पर्क गरिदिन हुन अनुरोध गरिएको छ।

सम्पर्क नम्बरहरू:
+91 6364622848
फरिदावाद सम्पर्क: +977 9863097316
कृष्ण बोहरा: +91 7827125585
मदन धामी (WhatsApp): +977 9863097316
Deep Jyoti Pustak psl
Loading...