अत्तरिया : कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि असार २८ गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार कमल कडायतले आफ्नो प्यानल सार्वजनिक गरेका छन् ।
बुधबार अत्तरियास्थित आफ्नै सचिवालयमा पत्रकार सम्मेलन गर्दै कडायत नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गरेको हो । वरिष्ठ उपाध्यक्षमा धनादेवी चोखाल, वस्तुगत उपाध्यक्षमा बासुदेव पन्त, वाणिज्य उपाध्यक्षमा गणेश बोगटी, महासचिवमा गम्भीर साउँद, कोषाध्यक्षमा बालकृष्ण ओझा र सचिवमा धिरेन्द्र बोहरा उम्मेदवार रहेका छन् ।
त्यस्तै सदस्य पदका लागि डिल्लीराज ओझा, शेखर पनेरु, चन्द्रसिंह धामी र घनश्याम जोशी उम्मेदवार बनेका छन् ।
यसअघि कडायतले अत्तरियाको धनगढी रोडमा निर्वाचन लक्षित सचिवालय स्थापना गरेका थिए । अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचन आगामी असार २८ गते हुने तय भएको छ ।
संघमा हाल १ हजार २४ सदस्य आबद्ध रहेका छन् । संघको यहि असार २७ र २८ गते हुने साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि यहि असार १५ गतेसम्म सदस्यता नवीकरण तथा नयाँ सदस्यता लिने समयसीमा तोकिएको थियो । सोही प्रक्रियाअनुसार अन्तिम मतदाता नामावली तयार पारिएको संघले जनाएको छ ।
