अत्तरिया : कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि ४ प्यानलले उम्मेदवारी दर्ता गराएका छन् । शनिवार उम्मेदवारी दर्ताका लागि तोकिएको समय भित्रमा अध्यक्ष सहित ३ र वरिष्ठ उपाध्यक्ष सहित १ प्यानलले उम्मेदवारी दर्ता गराएका हुन ।
जसमा अध्यक्षका लागि कमल कडायत, रमेश भट्टराई, नैन सिंह कार्कीले प्यानल सहित उम्मेदवारी गर्दा गराएका छन् । त्यस्तै भिस्मा खड्काले वरिष्ठ उपाध्यक्ष सहित प्यानल दर्ता गराएकी छिन । निर्वाचन कार्य तालिका अनुसार आजै राती ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । भोलि (आइतबार) बिहान ८ बजे देखि ५ बजे सम्म मतदानको समय तोकिएको छ ।
अध्यक्ष पदमा कांग्रेस निकट रमेश भट्टराई र कमल कडायत तथा एमाले निकट नैनसिंह कार्कीबीच प्रतिस्पर्धा हुनेछ । रास्वपा निकट प्यानलको नेतृत्व वरिष्ठ उपाध्यक्ष पदकी उम्मेदवार भीष्मा खड्का (जेनिसा) ले गरेकी छन् । टिममा प्राय गरेर आफ्नै पार्टीका उम्मेद्वार देखिएका छन् भने केहि उम्मेदवार अन्य पार्टीबाट पनि समावेश भएका छन् ।
अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचनमा १ हजार २४ जना सदस्यहरुले मतदान गर्नेछन् ।
फर्निचर व्यवसायी भट्टराई नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा लोकराज ओझा (एलआर)(अल्फा फोटो फ्रेम), वस्तुगत उपाध्यक्षमा वीरेन्द्र विष्ट(हार्डवेयर व्यवसायी), वाणिज्य उपाध्यक्षमा समीर गिरी(पिंकु वस्त्रालय), महासचिवमा गोकुल भट्ट(पार्वती ट्रेड एण्ड सप्लायर्स), सचिवमा राजन सिजापति(सुनचाँदी व्यवसायी) र कोषाध्यक्षमा दीपेन्द्र अवस्थी(गोदावरी प्वाईन्ट भ्यु कटेज) उम्मेदवार रहेका छन् । यस्तै सदस्य पदका लागि यादव भट्ट(रेखा ट्रेड एण्ड सप्लायर्स), लक्ष्मीराज ओझा(ग्वासी पोलिक्लिनिक प्राली), रमा कट्टेल(कुञ्जन ट्रेड एण्ड सप्लायर्स) र छत्र विक(मुनामाई ईलेक्ट्रोनिक्स) उम्मेदवार बनेका छन् ।
त्यसैगरी हार्डवेयर व्यवसायी कार्की नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुर्य प्रसाद गौतम(सम्झौता सु(सेन्टर), वाणिज्य उपाध्यक्षमा पुर्ण प्रसाद चौलागाईं(गोपाल वस्त्रालय), वस्तुगत उपाध्यक्षमा लहानु चौधरी(एल.सि.स्टोर), महासचिवमा प्रकाश कुवँर(न्यु भुमिराज मोबाईल एण्ड ईलेक्ट्रोनिक पसल), सचिवमा मनोज परियार(त्रिपुरा गार्मेन्ट) र कोषाध्यक्षमा दिपक प्रकाश न्यौपाने(डि.डि.एन वस्त्रालय) उम्मेदवार रहेका छन् ।यस्तै सदस्य पदका लागि सुर्य खत्री(खत्री ब्रोदर्स एण्ड सप्लायर्स), पदम बोहरा(लक्ष्मी किराना स्टोर), डल्लु सिजापती(दिशेक किराना पसल÷होटल) र चन्द्रा रावत(रिशव काष्ठ एण्ड स्टिल फर्निचर उद्योग)उम्मेदवार बनेका छन् ।
यस्तै बिद्युतिय सामाग्री व्यवसायी कमल कडायत नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा धनादेवी चोखाल(होटल व्यवसायी), वस्तुगत उपाध्यक्षमा बासुदेव पन्त(गार्मेन्ट व्यवसायी), वाणिज्य उपाध्यक्षमा गणेश बोगटी(मोबाईल एण्ड ईलोक्ट्रोनिक व्यवसायी), महासचिवमा गम्भीर साउँद(निर्माण व्यवसायी), कोषाध्यक्षमा बालकृष्ण ओझा(किराना व्यवसायी) र सचिवमा धिरेन्द्र बोहरा(अटोमोबाईल व्यवसायी) उम्मेदवार रहेका छन् । यस्तै सदस्य पदका लागि डिल्लीराज ओझा, शेखर पनेरु, चन्द्रसिंह धामी र घनश्याम जोशी उम्मेदवार बनेका छन् ।
त्यसैगरी व्यवसायी खड्का नेतृत्वको प्यानलबाट वाणिज्य उपाध्यक्षमा लक्ष्मणबहादुर धामी(नमस्ते होटल), वस्तुगत उपाध्यक्षमा खेमराज सापकोटा(ओम जमुना फेन्सी स्टोर), महासचिवमा अनीश सिंह(चाँदनी सप्लायर्स), कोषाध्यक्षमा रामदत्त भट्ट(वाईबी ट्रेडर्स) तथा सचिवमा दीपकराज भट्ट(सुपर स्टार मोटर्स) रहेका छन् । सदस्यमा गोविन्द रोकाया, दिलबहादुर खत्री, यज्ञराज जोशी र दीपा चौधरी उम्मेदवार बनेका छन् ।
आज (शनिबार) अत्तरिया उद्योग वाणिज्य संघको पाँचौ साधारण सभा तथा चौथो चुनावी सभाको उद्घाटन सत्र सम्पन्न भएको छ । भोली (आईतबार) मतदान हुदैछ । सबै प्यानलले घोषणापत्र सार्वजनिक गर्दै व्यवसायीसँग भेटघाट तथा चुनावी प्रचारलाई तीव्र बनाएका छन् ।
