अत्तरिया उद्योग वाणिज्य संघको अध्यक्षमा कडायत निर्वाचित

अत्तरिया : कैलालीको अत्तरियामा रहेको अत्तरिया उद्योग वाणिज्य संघको अध्यक्षमा कमल कडायत निर्वाचित भएका छन् । उनी प्रतिस्पर्धी रमेश भट्टराइलाई २९ मतले पराजित गर्दै विजयी भएका हुन । कडायतले ४०६ मत ल्याएर विजयी हुँदा भट्टराइले ३७७ पाएका छन् । यस्तै अध्यक्षका उम्मेदवार नैन सिंह कार्कीले भने ९० मत पाए ।

उद्योग उपाध्यक्षमा कडायत प्यानलकै धना देवी चोखाल विजयी भएकी छिन । उनी २७६ मत सहित विजयी हुँदा उनकी निकट प्रतिस्पर्धी भिष्मा खड्काले २५१ मत ल्याएकी छिन । उद्योग उपाध्यक्षका उम्मेदवार लोकराज ओझाले २४१ र सुर्यकुमार गौतमले ९८ मत पाएका छन ।

बाणिज्य उपाध्यक्षमा पनि कडायत प्यानलकै गणेश बोगटी विजयी भएका छन । उनी ३८२ मत सहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी बिरेन्द्र बहादुर विष्टले २५३ मत ल्याए । यस्तै वाणिज्य उपाध्यक्षका उम्मेदवार लक्ष्मण बहादुर धामीले १३३ र पूर्णप्रसाद चौलागाईले ९१ मत पाएका छन ।

बस्तुगत उपाध्यक्षमा पनि कडायत प्यानलकै बासुदेव पन्त विजयी भएका छन । उनी ३०३ मत सहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी समिर गिरीले २९३ मत ल्याएका छन । बस्तुगत उपाध्यक्ष पदका उम्मेदवार खेमराज सापकोटाले १३९ र लहानु चौधरीले ११० मत पाएका छन ।

महासचिवमा कडायत प्यानलकै गम्भीर साउँद ३६२ मत सहित विजयी भएका छन । उनले निकटतम प्रतिस्पर्धी गोकुल भट्टले ३१८ मत ल्याएका छन । यस्तै महासचिवका उम्मेदवार अनिल सिंहले ९२ र प्रकाश कुँवरले ८० मत ल्याएका छन ।

कोषाध्यक्षमा भट्टराई प्यानलका दिपेन्द्रराज अवस्थी विजयी भएका छन । उनले ३६३ मत सहित विजयी हुँदा कडायत प्यानलका बालकृष्ण ओझाले ३३३ मत ल्याएका छन । कोषाध्यक्षका उम्मेदवार दिपक प्रसाद न्यौपानेले ९२ र रामदत्त भट्टले ७९ मत पाएका छन ।

सचिवमा कडायत प्यानलकै धिरेन्द्र बोहरा विजयी भएका छन । उनी २६९ मत सहित विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी राजन सिजापतीले २६४ मत पाएका छन । यस्तै दिपक राज भट्टले २३८ मत पाउँदा मनोजराज दमाइले ६४ मत पाएका छन । सदस्यमा कडायत प्यानलका शेखर पनेरु (३९४ मत), धनश्याम जोशी (३६८ मत) र डिल्ली राज ओझा (३४४ मत) विजयी भएका छन ।

यस्तै सदस्य पदमा भट्टराई प्यानलका लक्ष्मीराज ओझा (३१९ मत) विजयी भएका छन । १ हजार २४ सदस्य रहेको अत्तरिया उद्योग वाणिज्य संघको आइतबार भएको मतदानमा ९६४ जनाले मतदान गरेका थिए ।

अत्तरिया उद्योग वाणिज्य संघको चौथो चुनावी सभाबाट नयाँ कार्यसमिति चयन भएको छ । चुनावी सभा अन्तरगत आइतबारका लागि तोकिएको मतदानबाट नयाँ कार्यसमिति चयन गरिएको हो । चुनावको अन्तिम मत परिणाम सोमबार साँझ सार्वजनिक गर्दै अध्यक्षमा कमल कडायत निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको छ ।

Deep Jyoti Pustak psl
Loading...