अत्तरिया : कैलालीको अत्तरिया स्थित प्रतिभा सामुदायिक पुस्तकालयको १४औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार पुस्तकालयले एक कार्यक्रम गरेर सभा सम्पन्न गरेको हो ।
पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको सभापतित्वमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथि रहेका थिए ।
पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीले गत आर्थिक बर्षको प्रगति प्रतिवेदन तथा आगामी आर्थिक बर्षको अनुमानित कार्य योजना प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष धर्मसिंह कुँवरले गत आर्थिक बर्षको आयव्यय विवरण तथा आगामी आर्थिक बर्षको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पुस्तकालयका ५ जना नियमित पाठकहरु लगायत समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट सेवा पु¥याउने ८ जनालाई पनि सम्मानित गरिएको थियो ।
कार्यक्रममा गोदावरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष एवम् गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्ट, वडा नं ४ का वडा अध्यक्ष हेमप्रकाश मल्ल, पुस्तकालयका संस्थापक अध्यक्ष कृष्ण पनेरु ‘वञ्चित’ विशिष्ट अतिथि रहेका थिए भने संस्थाका सल्लाकार समिति सदस्य कार्य समिति सदस्य, पुर्व कार्य समिती सदस्यहरु, दानदाता सदस्य तथा आजीवन सदस्य लगायतको उपस्थिति रहेको थियो ।
पुस्तकालयका कार्य समिति सदस्य नरेन्द्रराज शर्माको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव राजबहादुर कडायतले गरेका थिए ।
