बडैपुर शिविरका दुई बालिका डेढ महिना देखी बेपत्ता

धनगढी : कैलालीको बडैपुर शिविरका दुई बालिका डेढ महिना देखी सम्पर्क बिहिन रहेका छन ।
गौरीगंगा नगरपालिका–८ बडैपुर शिविरमा बस्दै आएका पार्वती बोहराकी ९ वर्षीया छोरी मुना बोहरा र सोहि शिविरमा बस्दै आएकी गंगा ओलीकी १० वर्षीया छोरी गौरी ओली साउन २६ गतेदेखि बेपत्ता छन्।
दुबै बालिका साउन २६ गते शुक्रबार दिँउसो घर नजिकैको लिक्मा नदिमा नुहाउन गएका थिए।
अहिलेसम्म ती बालिका कतै फेला नपरेको इलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी नायब निरीक्षक गणेशबहादुर धामीले बताए।
दुबै बालिका नजिकैको त्रिपुरेश्वर प्राविमा अध्ययनरत थिए। बालिका बेपत्ता भएको लामो समय वितिसक्दा पनि फेला नपरेपछि परिवारमा रुवाबासी चलेको छ।

Deep Jyoti Pustak psl
Loading...