मेलौली नगरपालिकाद्वारा उत्कृष्ट ९ विद्यार्थी नगदसहित सम्मान

बैतडी : बैतडीको मेलौली नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयबाट गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने ९ जना विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

मङ्गलबार आयोजित एक औपचारिक कार्यक्रममा कक्षा ८, माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको हो ।

नगरपालिकाका अनुसार कक्षा ८ तर्फ शीतलपुर माध्यमिक विद्यालयका सचिन धनाडी प्रथम हुँदै २० हजार रुपैयाँ, सोही विद्यालयकी उर्मिला नेगी द्वितीय हुँदै १५ हजार रुपैयाँ तथा कमलपुर माध्यमिक विद्यालय, कोटीगाउँका प्रवेश ठगुन्ना तृतीय हुँदै १० हजार रुपैयाँ नगदसहित सम्मानित भएका छन् ।

एसईईतर्फ शीतलपुर माध्यमिक विद्यालयका प्रशान्त सिंह विष्ट प्रथम हुँदै ३५ हजार रुपैयाँ, सोही विद्यालयका सागर नेगी द्वितीय हुँदै ३० हजार रुपैयाँ तथा दुर्गा माध्यमिक विद्यालयका पदम जोशी तृतीय हुँदै २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

Deep Jyoti Pustak psl
Loading...