सुनसरी र सिरहाका मृतक परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै : सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले पीडित पक्षसँग भएको सहमतिअनुसार सुनसरी घटनाका मृतकका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति, राहत तथा उपचारको व्यवस्था गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो । प्रदर्शनका क्रममा सुनसरीमा ३ र सिरहामा १ गरी ४ जनाको ज्यान गएको थियो ।

यस्तै बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा याङ्की उक्यावलाई नियुक्त गरेको छ । विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी र सचिवमा प्रा. डा. रोजेश श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय पनि भएको छ ।

प्रवक्ता पोखरेलका अनुसार बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्नुका साथै बालबालिकासम्बन्धी पहिलो संशोधन विधेयक २०८३ सङ्घीय संसद‍्मा पेश गर्न स्वीकृति दिएको छ ।

बैठकले पशु वधशाला र मासु जाँच ऐन २०५५ चरणबद्धरूपमा देशभर लागू गर्ने निर्णयसमेत गरेको छ ।

त्यस्तै नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश २०५४ खारेज गरी समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडमा गाभ्न स्वीकृति दिइएको छ ।

Deep Jyoti Pustak psl
Loading...