सुदूरपश्चिम प्रदेशमा जारी बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न कांग्रेसको माग

धनगढी : सुदूरपश्चिम प्रदेशमा जारी बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न नेपाली कांग्रेस प्रदेश संसदीय दलले सरकारसँग माग गरेको छ ।

नेपालीहरूको महान् चाडपर्व नजिकिँदै गएको अवस्थामा समेत बजेट अभावका कारण प्रदेश सरकारले प्रदान गर्ने अत्यावश्यक सेवा प्रवाह प्रभावित भइरहेको भन्दै कांग्रेस संसदीय दलले सरकारको ध्यानाकर्षण गराएको हो ।

कांग्रेस संसदीय दलको बैठकले आगामी असोज १५ गतेभित्र प्रदेश सभाबाट बजेट अनिवार्य रूपमा पारित गरी पूर्ण कार्यान्वयनमा ल्याउन सरकारलाई आग्रह गरेको छ ।

बैठकले बजेट शून्यताका कारण प्रदेश सरकारका नियमित कामकाज, सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिमा परेको असरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस संसदीय दलले वर्तमान सरकारले प्रतिपक्षको रचनात्मक भूमिका र सहभागितालाई निरन्तर बेवास्ता गर्दै आएको आरोपसमेत लगाएको छ । सरकारलाई प्रदेश सभामा रहेका सबै दलसँग आवश्यक समन्वय र सहकार्य गर्दै बजेट पारित गर्ने वातावरण बनाउन आग्रह गरिएको छ ।

Deep Jyoti Pustak psl
Loading...