धनगढीमा माघ ५ गतेदेखि प्रदेशस्तरीय सीप तथा रोजगार मेला सञ्चालन गरिने

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले यस वर्षको प्रदेशस्तरीय सीप तथा रोजगार मेला आगामी माघ ५ गतेदेखि सञ्चालन गर्ने भएको छ ।वार्षिक क्यालेन्डरअनुसार सञ्चालन हुने मेलाका लागि विभिन्न संघसंस्था, रोजगारदाता, तालिम प्रदायक संस्था तथा सरोकारवाला निकायसँग छलफल, समन्वय र सहकार्य अघि बढाइएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले विगत तीन वर्ष देखि सीप तथा रोजगार मेला आयोजना गर्दै आएको छ । जसअनुसार २०८१ सालको मेलामा १ हजार ४० जना शिक्षार्थी सहभागी भएका थिए भने २०८२ सालको मेलामा ६ सयभन्दा बढी युवायुवती सहभागी भएका थिए ।

यस वर्षको मेलालाई विगतको अनुभवका आधारमा थप व्यवस्थित, प्रभावकारी र युवामैत्री बनाउने तयारी गरिएको छ । मेलामार्फत श्रम बजारको मागअनुसारका सिप प्रदान गर्दै युवायुवतीलाई रोजगारी तथा स्वरोजगारसँग जोड्ने लक्ष्य राखिएको छ ।

साथै, स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणलाई समेत प्राथमिकता दिँदै विभिन्न स्थानीय तह तथा संघसंस्थालाई आफ्ना उत्पादन र गतिविधि प्रदर्शनका लागि निःशुल्क स्टल उपलब्ध गराउने व्यवस्था गरिएको थियो ।

उपमहानगरपालिकाले निर्धारित समयमै मेला सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको जनाएको छ ।

Deep Jyoti Pustak psl
Loading...