धनगढी : कञ्चनपुरमा घरकाे छतबाट खसेका युवककाे मृत्यु भएको छ । शुक्रबार साँझ घरकाे छतबाट खसेका भीमदत्त नगरपालिका-६ ऐठपुरका २३ वर्षीय कपिल नेगीकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले घरकाे छतकाे दोस्रो तलाबाट खसेका नेगीकाे महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए ।
उनकाअनुसार नेगीलाई आमाबुबाले छतबाट भुँइमा खसेकाे अवस्थामा फेला पारेपछि तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो । उनकाे राति साढे ९ बजे उपचारकै क्रममा मृत्यु भएको हाे ।
सुरूमा प्रहरीले नेगीको सिँढीबाट खसेर मृत्यु भएको जानकारी दिएको थियो । पछि सबै कुरा बुझ्दै जाँदा नेगी घरको छतबाट लडेको खुल्नमा आएको डिएसपी रावतले बताए ।
