धनगढी : कैलालीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। कैलालीको भजनी नगरपालिका–३ सरदार चोकबाट २ ग्राम ९२० मिलिग्राम अवैध लागूऔषधसहित जानकी गाउँपालिका–४ कञ्चनपुर बस्ने २२ वर्षीय अमित डगौरा पक्राउ परेका हुन्। डगौरालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतवार पक्राउ गरेको हो।
