कैलाली बहुमुखी क्याम्पसमा आज शोक बिदा

धनगढी : कैलाली बहुमुखी क्याम्पसमा आज शोक बिदा दिइएको छ ।

मानविकी तथा सामाजिकशास्त्र संकायको दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थी नरेन्द्र बिष्टको निधनमा सोमबार (आज) शोक बिदा दिइएको क्याम्पसले एक सूचना मार्फत जनाएको छ ।

क्याम्पस प्रमुख तोयराज भट्टले सूचना जारी गर्दै बिदाबारे जानकारी दिएका हुन् । क्याम्पसले बिष्टलाई श्रद्धाञ्जली दिदै शोकाकुल परिवारमा धैर्यधारणको कामना समेत गरेको छ ।

Dhangadhi 2081
Loading...