कैलालीमा मापदण्ड विपरीत पाँच अस्पताल सञ्चालन

धनगढी : कैलालीमा मापदण्ड विपरीत अस्पताल सञ्चालन भएको पाइएको छ । स्वास्थ्य कार्यालय कैलालीले गरेको अनुगमनका क्रममा धनगढी र अत्तरियामा रहेका पाँच अस्पताल कानुनी मापदण्ड पूरा नगरी स्वास्थ्य सेवा सञ्चालन गरिरहेको पाइएको हो ।

अनुगमनका क्रममा अत्तरियास्थित दोगडा सामुदायिक अस्पतालले इजाजत पत्र नवीकरण नगरी सेवा दिइरहेको, पद्यमा अस्पतालले इजाजतबिना प्रयोगशाला सञ्चालन गरिरहेको र अत्तरिया हस्पिटलले आवश्यक स्वीकृतिबिना कार्डियाक क्याथेटराइजेसन (क्याथ ल्याब) सेवा सञ्चालन गरिरहेको पाइएको छ । यस्तै, धनगढीस्थित नोभा हस्पिटलले मापदण्ड नपुगी आइसियु सेवा र केजी अस्पतालले यूरोलोजी सेवा सञ्चालन गरेको पाइएको हो ।

कैलालीमा जनस्वास्थ्य ऐन र नियमावली तथा विद्यमान स्वास्थ्य सम्बन्धी सरकारले तयार गरेको मापदण्डको उल्लङ्घन गरेर स्वास्थ्य संस्थाहरूले इजाजत नै नलिई विभिन्न स्वास्थ्य सेवा प्रदान गरेको पाइएपछि उपभोक्तामा संशय उत्पन्न भएको छ।

Deep Jyoti Pustak psl
Loading...