कञ्चनपुरको एक घरमा आगलागी

कञ्चनपुर :कञ्चनपुरको एक घरमा आगलागी भएको छ ।

जिल्लाको बेदकोट नगरपालिका-१ हात्तीथला बस्ने प्रेम शाहको घरमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी भएको हो ।

आगलागी हुँदा ७० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...