धनगढी : कैलालीको कैलारी गाउँपालिकामा भोलि शोक विदा दिइएको छ । कैलारी गाउँपालिकामा कार्यरत सब ओभरसियर सहायक चौथौ तहका स्वर्गीय विशेष चौधरीको निधनपछि गाउँपालिकाले सोमवार (आज) शोक विदा दिइएको हो ।
साथीहरुसँग टीकापुर घुम्न गएका चौधरी कार्तिक २५ गतेदेखि कर्णाली नदिमा बेपत्ता भएका थिए । शुक्रवार उनको शव टीकापुरको दौलतपुर घाटमा फेला परेको थियो ।
स्वर्गीय चौधरीको आईतबार अन्त्येष्टी गरिएको छ । कैलारी गाउँपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा समेत अति आवश्यक सेवा बाहेक शोक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐरले बताए ।
