किसान कृषि सहकारीको ११औं वार्षिक साधारण सभा सम्पन्न

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-२ अत्तरियामा स्थित किसान कृषि सहकारी संस्था लिमिटेडको ११औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिवार संस्थाकी अध्यक्ष राधा विष्ट विष्ट कुँवरको अध्यक्षतामा आयोजित साधारण सभामा गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्यराज जोशी प्रमुख अतिथि रहेका थिए ।

सभामा संस्थाको वार्षिक गतिविधि सँगै आय व्यय प्रस्तुत संस्थाकी प्रबन्धक सुना रोकायाले गरेकी थिइन । प्रबन्धक सुना रोकायाले व्यवसाय तथा कृषि क्षेत्रमा लगानी गरी आयआर्जन गर्न चाहने निम्न आय भएका सदस्यलाई चालु आर्थिक वर्ष २०८३/०८४ मा न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिइन् । उनले सहकारी केही वर्षका लागि मात्र नभई भावी पुस्तालाई समेत लक्षित गरी दीर्घकालीन रूपमा सञ्चालनमा ल्याइएको बताउँदै संस्थाको विकास र सफलताका लागि सबै सदस्यको ऐक्यबद्धता आवश्यक रहेकोमा जोड दिइन् ।

यस्तै संस्थाको आव २०८२/०८३ को आय-व्यय प्रगती प्रतिवेदन प्रस्तुत अनुसार २०७२ सालमा २७ जना शेयर सदस्यहरु मिलेर स्थापना गरी संचालनमा ल्याएको यस सहकारी संस्थामा हाल १ हजार ८ सय ८८ जना शेयर सदस्यहरु रहेका छन् । भने संस्थाको कुल शेयर पूँजि ५६ लाख ७ सय रहेको छ । ३ करोड ७५ लाख ११ हजार रुपैयाँ कर्जा तर्फ लगानी गरेको साथै यस आर्थिक वर्ष निक्षेपमा ३ करोड १ लाख ७६ हजार ७८२ रुपैयाँ बचत संकलन रहेको जुन गत वर्षको भन्दा २९ लाख बराबरको रुपैयाँले बृद्धि भएको प्रबन्धक रोकायाले बताइन् ।

संस्थाको आब २०८२/०८३ मा ४ करोड १३ लाख ५० हजार बराबरको कारोवारबाट यस बर्ष सम्पुर्ण खर्च कटाई ७७ हजार २३५ रुपैयाको खुद नाफा आर्जन गरेको थियोे । सभामा संस्थाद्वारा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट सदस्य तथा असल ऋणी सदस्यहरूलाई सम्मान गरिएको थियो ।

Deep Jyoti Pustak psl
Loading...