अत्तरिया : कैलालीको गोदावरी-२ स्थित अत्तरियामा रहेको किसान कृषि सहकरी संस्था लिमिटेडको अध्यक्षमा सुना कुमारी रोकाया चयन भएकी छन् ।
संस्थाको शनीबार बसेको ११औं वार्षिक साधारण सभाले रोकायालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । यसअघि संस्थाको प्रबन्धक रहेकी रोकायाले केहि समयअघि पदबाट राजिनामा गरेकी थिइन् ।
संस्थाको उपाध्यक्षमा कुन्ती भाट (क्षेत्री ) चयन भएकी छन् भने सचिवमा कमला साउँद चयन भएकी छन् । त्यस्तै कोषाध्यक्षमा तारा खड्का चयन भएकी छन् । सदस्यहरुमा यदु भट्ट, लक्ष्मी कठायत र दुर्गा खड्का चन्द बिष्ट चयन भएकी छन् ।
