अत्तरिया : नेपाल शिक्षक महासंघ गोदावरी नगर समिति कैलालीको पूर्ण घोषणा कार्यक्रम सम्पन्न भएको छ । नेपाल शिक्षक महासंघ गोदावरी नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रमबाट १९ सदस्यीय नयाँ कार्यसमिति घोषणा गरिएको हो ।
आइतबार सम्पन्न घोषणा कार्यक्रमबाट सह-अध्यक्षमा कृष्ण बहादुर विक, उपाध्यक्षमा निर्मला बिसी, सह-सचिवमा केशव साउँद, प्रेम राज जोशी, सह सचिवमा अर्जुन भट्ट, गणेश बिसी, महिला सह सचिव चन्द्रा विष्ट चयन गरिएका छन् ।
यस्तै सदस्यहरूमा भूपेन्द्र सिंह धामी, मुन्ना बहादुर दमाई, कलवती योगी, तर्कराज चौधरी, बाबुराम चौधरी, बल बहादुर खत्री, मीन बहादुर दर्लामी, नन्द सिंह कोली चयन भएका छन् । यस्तै पदेन सदस्यमा भूपेन्द्र चन्द, भक्त रावल, लाल बहादुर विक चयन भएका छन् ।
नवनिर्वाचित पदाधिकारी र सदस्यलाई आइतबार नै नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि गणेश प्रसाद ओझाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

नगर अध्यक्ष केशव राज ओझाको सभापतित्वमा सम्पन्न समिति घोषणा कार्यक्रमको सञ्चालन एनएनटीए गोदावरीका अध्यक्ष भुपेन्द बहादुर चन्दले गरेका थिए ।
समितिमा अझै सचिव, कोषाध्यक्ष लगायत पदाधिकारी र सदस्यको पदपूर्ति गर्न बाँकी रहेको छ । आइतबार नेपाल शिक्षक संघका पदाधिकारीको सहभागिता नभएकाले उक्त पद रिक्त राखिएको बताइएको छ । नेपाल शिक्षक संघले भने जिल्लाबाट तोकिएका अध्यक्ष पद नेपाल शिक्षक संघले पाउनुपर्ने माग गर्दै आएको छ ।
साउन १३ गते सम्पन्न शिक्षक महासंघ कैलालीको अधिवेशनबाट केशव राज ओझालाई गोदावरी शिक्षक महासंघको अध्यक्षमा चयन गरिएको थियो । शिक्षक महासंघ कैलालीले कैलालीका १३ वटै पालिकामा सोही दिन अध्यक्ष चयन गरेको थियो ।
