गोदावरीमा एडिबी परियोजनाको अनुगमन

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा एशियाली विकास बैंक (एडिबी)को सहयोगमा सञ्चालन भइरहेको क्षेत्रीय शहरी विकास परियोजनाको प्रगति तथा निर्माणाधीन पूर्वाधारको स्थलगत अनुगमन गरिएको छ । एडिबी टिम लिडर नरेश गिरीको नेतृत्वमा आएको टोलीले बिहीबार नगरपालिकाका विभिन्न क्षेत्रमा निर्माण भइरहेका सडक, ढल, नाली तथा फुटपाथसँगै फोहोरमैला व्यवस्थापन केन्द्रको समेत अनुगमनका गरेको हो ।

अनुगमनका क्रममा निर्माणको अवस्था, गुणस्तर र प्रगतिबारे जानकारी लिएको थियो । अनुगमनमा निर्माण कम्पनी, शहरी विकास तथा भवन निर्माण विभाग, एडिबी तथा गोदावरी नगरपालिकाका नगर प्रमुख, प्रमुख प्रसासकीय अधिकृत लगायत प्राविधिक टोलीको सहभागिता रहेको थियो । परियोजनाअन्तर्गत गोदावरी नगरपालिकाका विभिन्न वडामा सडक पूर्वाधारलाई व्यवस्थित, सुरक्षित र दिगो बनाउने उद्देश्यले निर्माण तथा स्तरोन्नतिको काम अघि बढाइएको छ ।

अत्तरिया रिङरोड सहितका सडक, ६ लेन सडकदेखि आँखा अस्पताल जाने मार्ग, शान्तिटोल-तेघरी सडकखण्ड, ग्वासी-खमौरा सडक, मालाखेती नहरदेखि पश्चिम ओलानी जाने सडक तथा लालपुर गौडीदेखि पूर्वतर्फको सडकखण्ड परियोजनाका प्रमुख पूर्वाधारमा परेका छन् ।

अनुगमन टोलीले गोदावरी नगरपालिका-३ चौकीडाँडामा सञ्चालित एकीकृत फोहोर प्रशोधन तथा व्यवस्थापन केन्द्रको समेत अनुगमन गरेको थियो । उक्त टोलीले केन्द्रको सञ्चालन अवस्था, फोहोर व्यवस्थापनको प्रभावकारिता तथा परियोजनाले वातावरणीय स्वच्छता र शहरी सेवामा पु¥याएको योगदानबारे जानकारी लिएको थियो ।

अनुगमनका क्रममा नगर प्रमुख वीरेन्द्र भट्टले एडिबी फेज-२ अन्तर्गतका निर्माण कार्य निर्धारित समयभित्रै सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए । उनले परियोजनालाई प्रभावकारी रूपमा अघि बढाउन सहयोग पु¥याएको भन्दै एडिबी टोली तथा सम्बन्धित निकायलाई धन्यवादस मेत व्यक्त गरे ।

नगरपालिकाका अनुसार परियोजनाले सडक तथा ढल पूर्वाधार सुधारसँगै व्यवस्थित फोहोर व्यवस्थापन र वातावरणीय स्थायित्वमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । निर्माण कार्यको गुणस्तर कायम गर्दै निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धता नगरपालिकाले जनाएको छ ।

अनुगमनलाई परियोजनाको प्रगति मूल्यांकनसँगै आगामी निर्माण कार्यलाई थप प्रभावकारी बनाउने मार्गनिर्देशनका रूपमा समेत लिइएको छ । गोदावरीमा शहरी पूर्वाधार र सेवा विस्तारका लागि सञ्चालन भइरहेको परियोजनाले स्थानीय बासिन्दाको दैनिक आवागमन, सरसफाइ र शहरी व्यवस्थापनमा प्रत्यक्ष सुधार ल्याउने अपेक्षा गरिएको छ ।

Loading...