कञ्चनपुर : कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–४ मिनि मार्केटबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ८४० मिलिग्रामसहित दोधारा चाँदनी नगरपालिका–१ पशुपति टोल बस्ने २४ वर्षीय जनक खड्कालाई शनिवार दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।
यसैगरी, भीमदत्त नगरपालिका–११ होल्डिङ सेन्टरबाट ब्राउनसुगर ४ ग्राम ५७ मिलिग्रामसहित शुक्लाफाटा नगरपालिका–८ झलारी बस्ने २३ वर्षीय धिरेन्द्र महरालाई पनि शनिवार दिउँसो इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
