मुख्यमन्त्री खगराज भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकाको पेटारो प्रस्थान

धनगढी  :सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बडिमालिका भगवती माताको पूजाआजा गरी परम्परागत पेटारो बडिमालिकातर्फ पठाइएको छ।

सुदूरपश्चिमको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बडिमालिका पूजाका लागि मुख्यमन्त्री भट्टले प्रदेश सरकारका मन्त्रीहरू तथा अन्य सम्बन्धित व्यक्तिहरूको उपस्थितिमा विधिपूर्वक पूजा–अर्चना गर्नुभएको हो। पूजापछि परम्परागत विधिअनुसार पेटारोलाई बडिमालिकातर्फ प्रस्थान गराइएको छ।

बडिमालिकामा पूजा गर्न डोटीबाट पेटारो पठाउने परम्परा लामो समयदेखि चलिआएको धार्मिक तथा सांस्कृतिक परम्परा हो। पेटारोमा बडिमालिका भगवतीलाई चढाइने विशेष पूजा सामग्री समावेश गरिने र सरकारी पूजा टोलीले पैदल यात्रामार्फत बडिमालिका पुगेर निर्धारित विधिअनुसार पूजा गर्ने परम्परा रहेको छ।

परम्पराअनुसार पेटारो पठाउने क्रममा विभिन्न धार्मिक स्थलमा पूजाआजा गर्दै टोली बडिमालिकातर्फ अघि बढ्ने गर्दछ। बडिमालिका पुगेर डोटी, बाजुरा तथा जुम्लाबाट पुगेका सरकारी पूजा टोलीबीच समन्वय गरी मुख्य पूजामा सहभागी हुने परम्परा रहेको छ।

बडिमालिकाको यस वर्षको मुख्य पूजा भदौ ११ गते हुने भए पनि दर्शनार्थीको बढ्दो चापलाई मध्यनजर गर्दै भदौ १ गतेदेखि नै मन्दिरमा पूजा तथा मेला प्रारम्भ गरिएको छ।

Deep Jyoti Pustak psl
Loading...