अत्तरिया : कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिफ्ले झरनामा चिप्लिएर डडेल्धुराका एक युवक बेपत्ता भएका छन् ।
शनिबार फोटो खिच्ने क्रममा चिप्लिएर डडेल्धुराका २१ वर्षीय खगीराज पन्त बेपत्ता भएका हुन् ।
घटनापछि उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । उनी साथीहरूसँगै त्यहाँ घुम्नका लागि पुगेको बुझिएको प्रहरीले जनाएको छ ।
